धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

266
Shares

न्युज अफ नेपाल, धरान ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बिहीबार दिउँसो आयोगको केन्द्रबाटै खटिएको टोलीले प्रतिष्ठानमा छापा मारेको हो ।

स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि आयोगको टोली प्रतिष्ठानको कार्यालयमै पुगेको हो । प्रतिष्ठानमा खरिद अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौंको चलखेल भएको छ ।