लुम्बिनी प्रदेश : केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए हस्ताक्षर

504
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरुले हस्ताक्षर बुझाएका छन् ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई मुख्यमन्त्री नियुक्ति गर्न चार दलीय गठबन्धनका ४२ जना सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

सोनामको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर बुझाएका छन् ।