भिन्न उमेर समूह र वर्गको प्रतिभा प्रष्फुटनका लागि विविधखाले सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले एसईईका विद्यार्थीबीच राजधानीमा आयोजना गरेको प्रतियोगितामा निमा तेन्जिङ शेर्पा र रीभा खनालले मिस्टर एन्ड मिस एसईई आईकन २०२१ को उपाधि चुमेका छन्।‘युवा केटीहरूले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती के हो ?’ भन्ने प्रश्नको सटिक जवाफ दिँदै निमा तेन्जिङ र बागडोल, ललितपुरकी रीभा खनालले उपाधि चुमेका हुन्। कुल ३५ जना युवा—युवतीले स्पर्धा गरेको प्रतियोगितामा निमाले प्रमुख उपाधिका साथ बेस्ट सिंगर र मल्टीमिडिया च्वाइस उपाधि जिते भने आकाश श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस्टर ह्यान्डसम र फेसबुक च्वाइस, स्यामल खड्का सेकेन्ड रनर्सअपका साथ मस्ट पपुलर र बेस्ट डिसिप्लेन, रोहित रुम्बा मिस्टर क्याट वाक र बेस्ट डान्सर, सनिल विश्वकर्मा मस्ट ट्यालेन्ट र बेस्ट पर्सनालिटी, सरोज पहाडी मस्ट डिजर्भिङ र मस्ट फ्रेन्डली तथा गोेकुल पोखरेल मस्ट फोटोजेनिक र बेस्ट फिटनेस विजेता भए।
सरकारले तोकेको मापदण्डको पालना गर्दै कार्यक्रमस्थलमा सीमित मानिस सहभागी भएर ललितपुरको बालकुमारीस्थित म्युजिक सीटीबाट भर्चुअलरूपमा सम्पन्न प्रतियोगितामा युवतीतर्फ रीभा खनाल प्रमुख उपाधि विजेताका साथमा मस्ट पपुलर, बेस्ट स्पिच र मल्टिमिडिया च्वाइस विजेता भइन् भने सुस्मिता बराल फस्ट रनर्सअपका साथमा बेस्ट स्माइल, सञ्जिता परियार सेकेन्ड रनर्सअपका साथ मस्ट डिजर्भिङ, स्तुति न्यौपाने थर्ड रनर्सअपका साथ मस्ट आइकोनिक आइज र मिस फर्फेक्ट तथा कुशुम आले मगर फोर्थ रनर्सअपका साथ बेस्ट डान्सर भइन्। त्यसैगरी, सुजाता तामाङ मिस क्याटवाक र मस्ट फोटोजेनिक, तिशा शाक्य मिस ट्यालेन्ट, रिजुला श्रेष्ठ मस्ट कन्फिडेन्ट र बेस्ट स्किन, बिनिता चौधरी मस्ट पोजिटिभ एटिट्युड, एन्जिला अधिकारी मस्ट डाइनामिक, रोजी हिराचन मिस ब्युटिफुल र मस्ट फिटनेस, सुप्रिया तामाङ बेस्ट हेयर, बिनिता पौडेल बेस्ट डिसिप्लेन, मीना थापा बेस्ट पर्सनालिटी, प्रकृति अधिकारी बेस्ट फिजिक, बिनिशा रसाइली मस्ट फ्रेन्डली, प्रजु सुनम मस्ट कन्जिनियालिटी, अजिता तामाङ मस्ट चार्मिङ, सुरबी अदई थापा मस्ट फेसन आइकन, अनुष्का श्रेष्ठ मस्ट एक्टिभ, प्रीतिमा कुइँकेल मस्ट पोजिटिभ एटिट्युड, सुशिना अवाले बेस्ट सिंगर, एलिना अधिकारी मेनेजमेन्ट च्वाइस, स्नेहा शाह मस्ट पंचुअल, अंशिका अधिकारी मस्ट क्रियटिभ, आइसा श्रेष्ठ मस्ट इस्टाइलिस र स्नेहा कार्की फेसबुक च्वाइस विजेता भए।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता तथा अभिनेता किरण केसी ‘रातामकै’ को विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार केसीसँगै गायिका मनीषा पोखरेल, गायक सुवास मण्डल र गायक राकेश महतोले गीत संगीत प्रस्तुत गरेका थिए।
प्रतियोगितामा साहित्यकार तथा गीतकार डा. डिआर उपाध्याय, खेलाडी तथा कलाकार नन्दा बस्याल, शिक्षाविद् बिएस क्षेत्री र विष्णुहरि पाण्डे निणार्यक रहेका थिए। एसइईका विद्यार्थीमा उत्साह भर्न सीमित व्यक्तिको सहभागितामा स्वास्थ्य मापदण्ड पूरा गरी कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादुर कार्कीले जानकारी गराए।
कार्यक्रम सुमी बनियाँको कोरियोग्राफी र शम्भुप्रसाद रेग्मीको संयोेजनमा सम्पन्न भएको थियो।
प्रतिक्रिया