अमिर र किरण सँगै देखिएपछि …

238
Shares

बलिउड अभिनेता अमीर खान र उनकी निर्देशक पत्नी किरण रावले केही समयअघि मात्र आफूहरूले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका थिए।

आफूहरू अलगिए पनि आफ्नो छोरोको अभिभावकको भूमिका भने निर्वाह गर्ने वाचा गरेका उनीहरू हालै छोरासहित मुम्बई एयरपोर्टमा देखिए। फिल्म लाल सिंह चड्डाको शुटिङका लागि कश्मीर गएका अमिर शुटिङ सकाएर छोरा र पूर्वपत्नीसहित एयरपोर्टबाट बाहिरिँदै पापराजीलाई विभिन्न पोजसमेत दिएर फोटो खिचाएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू भने उनीहरूसँग भड्किएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीहरूलाई यदि सँगै हिँडडुल गर्नु र छुट्टि मनाउने हो भने सम्बन्धविच्छेद्को के जरुरत थियो भन्ने प्रश्न गरेका छन्। त्यस्तै, केहीले भने बच्चाको लागि अमिर र किरणसँगै हिँडडुल गरेको भन्दै उनीहरूको समर्थन गरेका छन्। हुन त अमिर र किरण एकसाथ सार्वजनिक स्थानमा देखिएको यो पहिलो पटक भने होइन। सम्बन्धविच्छेद् पछि पनि उनीहरू केहीपटक सँगै देखिइसकेका छन्। पहिलो श्रीमती रीना दत्तसँगको सम्बन्धविच्छेद्पछि किरणका साथ विवाह गरेका अमिरले अभिनेत्री फात्तिमा सान शेखसँग विवाहको ढोका खुलाउनका लागि किरणसँग डिभोर्स गरेको भन्ने गसिपसमेत आएका थिए।