१८ करोड १६ लाखको लागतमा हिरण्यवर्ण महाविहार प्रबलीकरण गरिँदै

17.3k
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको प्रसिद्ध हिरण्यवर्ण महाविहार परिसरको प्रबलीकरण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा मन्दिर परिसरको पाँच वटै घर मर्मत गरी बनाउन बलियो बनाउन लागिएको हो । सो महाविहार करिब दुई हजार वर्ष पुरानो रहेको छ । ऐतिहासिक दृष्टिले मात्र नभई संस्कार, परम्परा, एवं धार्मिक आस्थाका दृष्टिले पनि सो महाविहार विशिष्ट महत्व रहेको छ ।

बैशाख १२ को विनाशकारी भूकम्प र त्यसको लगातार परकम्पले सो महाविहार क्षतिग्रस्त भएको थियो । सो महाविहारको मुख्य मन्दिर ९क्वाबहाः देग० प्रबलीकरण कार्य सम्पन्न भइसकेको छ भने हाल मुख्य मन्दिरको परिसर प्रबलीकरण गर्न लागिएको महाविहार सुधार समितिका अध्यक्ष विकास धाख्वाले जानकारी दिनुभयो ।

‘परिसरको मुलस्वरुप, त्यहाँको चित्र, मूर्ति लगायत सबै यथावत हुने गरी प्रबलीकरण गर्न लागेका हौं ।’ अध्यक्ष धाख्वाले भन्नुभयो । अध्यक्ष धाख्वाका अनुसार मन्दिरको उत्तरतर्फ जोडिएको श्री बज्रसत्व, श्री ओमघपास लोकेश्वर विराजमान हुनुभएको गुम्बा, पूर्वतर्फ रहेको योगाम्बर बिराजमान हुनुभएको द्यछेँ (देवता घर) दक्षितर्फ रहेको अभिताम, दिपंकर र लोकेश्वर देवता बिराजमान भइरहेको घरको छाना र इलाननीमा रहेका चक्रसंवर विराजमान भइरहेको दिगीछे“ प्रबलीकरण गर्न लागिएको हो ।

‘भूकम्पले परिसरको विभिन्न भाग क्षतिग्रस्त भएको छ । परिसरको विभिन्न भाग चर्किएकोले त्यसले ठेग्न सकिरहेको छैन । यसले गर्दा झिंगटीको छाना फेरेर तामाको छाना छाउने छौ । परिसरको झ्याल, ढोका र बाहिरको स्वरुप नेपालको मौलिक कलाकृति झल्किने गरी बनाउने छौं ।’ अध्यक्ष धाख्वाले भन्नुभयो ।सो कार्यको लागत खर्च १८ करोड १६ लाख रुपैया“ रहेको छ । सो कार्यको टेण्डर पचली भैरव जेभी कम्पनीले प्राप्त गरेको छ ।

दुई हजार वर्ष पुरानो सम्पदा जनस्तर र स्वदेशी खर्चबाट बनाउने जनस्तरमा आवाज उठिरहेको उल्लेख गर्दै समितिका उपाध्यक्ष किरणनरसिंह शाक्यले भन्नुभयो ‘ हाम्रो सम्पदा, हामी आफै बनाउछौं भन्ने भाव राम्रो हो । चन्दा संकलन गरेर मात्र यति रकम जम्मा पार्न सकिन्न । न स्थानीय तहले सम्पदा पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ ।

न संघीय सरकार नै यसप्रति संवेदनशील छ । त्यस्तो अवस्थामा छिमेकी राष्ट्रको सहयोग लिएर प्रबलीकरण गर्नुको अर्को विकल्प हामीसँग छैन ।’केही सरोकारवालाहरुले मन्दिर परिसर जनस्तरबाट बनाउनुपर्ने विषयमा मंगलबार लिखित रुपमा समितिको ध्यानाकर्षण गराएको थियो ।