सरकारी अधिकृत भन्दै ठगी गर्ने भट्ट पक्राउ

728
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपराष्ट्रपति कार्यायको शाखा अधिकृत भएको बताउदै ठगी गर्दै आएका डोटीको केआईसिह गाउंपालिकाका कुशल भट्ट भन्ने केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न ब्यक्तीलाई सरकारी काम गरिदिने जागिर लगाइदिने जस्ता प्रलोभन देखाएर भट्टले ठगी गरेको उजुरी महानगरीय अपराध महाशाखामा परेपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई कलकीबाट पक्राउ गरेको थियो ।

यस अघि पनि यस्तै ठगी मुद्धामा पक्राउ परेका भट्ट २०७५ चैत २६ गते पक्राउ परी एक बर्ष भन्दा बढी समय जेल सजाय भोगेर रिहा भएका थिए ।