नसम्झ है मायालु भन्दै आए प्रचण्ड


गायक प्रचण्ड राजोपाध्यायको नयाँ आधु्निक गीत नसम्झ है हे मायालु आकर्षक म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ । गीतमा अमरराज शर्माको संगीत रहेको छ ।

आकर्षक र रमणीय स्थलहरूमा छायांकन गरिएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । म्युजिक भिडियोमा मोडलहरू बिजेन श्रेष्ठ तथा सविना श्रेष्ठ प्रेमी प्रेमिकाको रूपमा प्रस्तुत भएका छन् । म्युजिक भिडियोलाई जितेन्द्र राजोपाध्यायले निर्देशन र सम्पादन गरेका छन् भने राजेन्द्र डंगोलले छायांकन गरेका छन् ।