काठमाडौंमा थप ७९५ जनामा कोरोना संक्रमण पुष्टि

72.4k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै उपत्यकामा ११८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै मंगलबार थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।