चितुवाको छालासहित दुई जना पक्राउ


न्युज अफ नेपाल, पाल्पा ।

पाल्पा प्रहरीले चितुवाको छालासहित दुईजना पक्राउ गरेकेो छ । जिल्लाा प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा रिब्दिकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही स्थानका ४० वर्षीय रविल मिया रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मंगलबार दिउँसो रिब्दिकोट गाउँपालिका ५ कुसुमखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । विषेश सूचनाका आधारमा लु्म्विनी प्रदेश अनुसन्धान समुह र प्रहरी चौकी हार्थाेकको सयुक्त टोलीले मुझुङ्ग वतासेबाट तानसेन ल्याउदै गर्दा छाला वरामद गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको शरिर तथा झोला खानतलासी गर्दा कालो झोला भित्र गम्छामा बेरेको अवस्थामा चितुवा बाघको मुख देखी पुच्छर सम्मको लम्बाई ६ फिट ४ ईन्च, छातीको भागको चौडाई २ फिट १ ईन्च भएको छाला वरामद गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

उनीहरुबाट घटनामा प्रयोग गरिएको लु ३७ प ४४४ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई अनसुन्धानको लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाईएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।