ढुंगा पल्टिदा तिनाउ खोलामा खस्यो स्कार्पियो, ४ गम्भीर घाइते

3.5k
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवल तानसेन सडक खण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिर नजिक स्कार्पियो गाडीमाथि ढुंगो खस्दा चारजना गम्भीर घाइते भएका छन् । माथिबाट खसेको ढुंगोले गाडीलाई तिनाउ खोलामा पुराएको छ ।

पाल्पाको तिनाउ गाउपालिका–३ हेडबक्समा पाल्पाबाट बुटवल आउंदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियोमाथि ठूलो ढुंगो झरेपछि गाडी सडकबाट सय मिटर तल तिनाउ नदीमा झरेको थियो । दुर्घटनामा परी चारजना गम्भीर घाइते भएका र उनीहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको छ । घाइतेहरुको नाम ठेगाना खुल्न बांकी रहेको र उनीहरु पाल्पाको झुम्सा क्षेत्रका रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो ।