विद्युतको डिमान्ड शुल्क छुट गर्न माग

924
Shares

रोना भाइरस संक्रमणबाट हुने कोभिँड—१९ को पहिलो चरणदेखि गरिएको लकडाउनदेखि हालसम्म पनि फिल्म क्षेत्र पनि ठप्प अवस्थामा छ। कोरोना संक्रमणको जोखिमका कारण दुई वर्षयता बन्द अवस्थामा रहेका सिनेमा हलहरू मासिक रूपमा विद्युत् महसुल भने भुक्तान गर्न बाध्य छन्।

हल नचले पनि मासिकरूपमा निश्चित रकम तिनुपर्ने मापदण्डअनुरूप विद्युत् महसुल बुझाउनु पर्दा सञ्चालकहरू मर्कामा परेको र बन्द रहेको अवस्थाको महसुल छुट गर्नुपर्नेे माग लिएर फिल्म व्यवसायसँग सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीले उर्जामन्त्री पम्फा भुसाललाई भेटेर डिमान्ड शुल्क (विद्युत् महशुल) मिनाहा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

फिल्म वितरक तथा प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान, उपमहासचिव गोपालकाजी कायस्थ, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी तथा चलिचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले संयुक्तरूपमा हलहरूको डिमान्ड शुल्क छुट गरिनुपर्ने मागसहित उर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाएको चलचित्र संघका कोषाध्यक्ष गोपाल कायस्थले बताए। ‘सिनेमा हलले मासिकरूपमा निश्चित रकम बुझाउनै पर्ने प्रावधान छ।

सोहीअनुरूप हल बन्द भए पनि हल सञ्चालकहरू कसैले ११ हजार, कसैले ३० हजार, कसैले ३२ हजार रुपियाँ मासिकरूपमा तिर्दै आउनुभएको छ। हाल फिल्म क्ष्ँेत्रको स्थिति तहसनहस छ। यस्तो बेलामा हामी चलचित्रसँग सम्बद्ध संस्थाहरू मिलेर उर्जामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका हौँ’ कायस्थले भने ‘उहाँले हाल सञ्चारमन्त्रीको पद रिक्त रहेकोले नियुक्त भएपछि हाम्रो कुरालाई एक नम्बरमा राखेर समस्या समाधानको पहल गर्छु भन्नुभएको छ। आश्वासन त पाएका छौँ, हेरौँ के हुन्छ?’