बेलायतबाट संगीतमा आयो बैगुनी

224
Shares

कलाकार दीपक मैथाने मगरले नयाँ सांगीतिक कोसेली बैगुनी सार्वजनिक गरेका छन्। गायक प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द सिर्जना रहेको छ भने संगीत र संगीत संयोजन बिलन थापा मगरले गरेका छन्।

बेलायतलाई कर्मथलो बनाएका गुल्मीका मैथानेको गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। बेलायतमा छायांकन गरिएको म्युजिक भिडियोमा कलाकार मनीष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समीर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोमा निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको छ।

बेलायतका रमणीय र प्रसिद्ध स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा प्रेम बिछोडका क्षणहरू देखाइएको छ।