लोकसेवा आयोगको परीक्षा नरोकिने


काठमाडौं (नेस) ।

लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरू नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताउनुभयो ।

हामीले तालिका प्रकाशित गरेका परीक्षाहरू सञ्चालन भइरहेका छन् र अबका परीक्षाहरू पनि तोकिएकै समयमा हुन्छ उहाँले भन्नुभयो । परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उहाँले बताउनुभयो ।

आयोगले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।