काठमाडौंमा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि, १० हजार ६९५ सक्रिय संक्रमित

658
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १७० र ललितपुरमा १६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै सोमबार काठमाडौं उपत्यकामा थप ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल काठमाडौंमा मात्र १०,६९५ सक्रिय संक्रमितको संख्या रहेको पनि मन्त्रालयले जनाएको छ।