बानेश्वरबाट चार लाख नगदसहित ६ जना जुवाडे पक्राउ

1.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको नयाँ बानेश्वरबाट साढे चार लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् । नयाँ बानेश्वर क्षेत्रमा रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जनालाई चार लाख ४८ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनीहरू पेसेवर जुवाडे भएको हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।