भूमि आयोग खारेजको विरोधमा युवासंघको प्रदर्शन

266
Shares

भक्तपुर, (नेस) ।

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भ्रातृ संगठन युवासंघले जडीबुटी मनोहरा क्षेत्रमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

जसको एमाले र उसका भ्रातृ संगठन लगायतले विरोध गरिरहेको छन् । प्रदर्शनमा उत्रिएका भूमिहीन तथा सुकुम्बासीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर, देउवा यु आर नट माइ प्राइमिनिस्टर’ आफ्नै देशमा बस्न नपाइने हो र सरकारलगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युवा संघले एक लाख ८८ हजार भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने अन्तिम अवस्थामा आयोग खारेज गरेको जनाएको छ ।

प्रदर्शनपछि आयोजित आमसभालाई युवा संघका अध्यक्षलगायतका नेताहरूले सम्बोधन गरेका थिए । राष्ट्रिय युवा संघले देउवा सरकारको जनघाती निर्णयविरुद्ध सशक्त दबाब सिर्जना गर्न प्रदर्शन गरिएको जनाएको छ ।

मनोहरा सुकुम्बासी बस्तीबाट शुरू भएको ¥याली अरनिको राजमार्गमा पुगी सभामा परिणत भएको थियो । मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा ७ सय भन्दा बढी घरधुरी बस्दै आएका छन् ।