धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्दो

210
Shares

धादिङ(नेस) ।

पछिल्लो समय धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ । जेठ असारमा भन्दा अहिले ज्वरोका बिरामीको चाप तुलनात्मकरूपमा बढेको हो ।

दैनिक २ सय जना बिरामी ज्वरो क्लिनिकमा आउने गरेका र दैनिक आउने बिरामीमध्ये ५०–६० जना कोभिड संक्रमित बिरामी आए छन, भने ४० जना आकस्मिक कक्षमा आउने गरेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।

मौसम परिवर्तनका कारण मानिसको शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा यो महिना ज्वरोका बिरामीको संख्या अत्यधिक बढेको हो ।

ज्वरो सँगसँगै स्क्रबटाइफस र डेँगुका बिरामीहरू पनि फेला परेका र टाइफाइड दम लगायतका बिरामीहरूले उपचार गराइरहेका उहाँले बताउनुभएको छ । त्यस्तै व्यक्तिगत सरसफाइलाई विषेश ध्यान दिन, ताजा तथा स्वच्छ खानेकुरा खान र कोभिडसँग सम्बन्धित लक्षणहरू छन् भने स्वास्थ्यकर्मीसँग परामर्श लिई उपचार गर्न अनुरोध गर्नुभएको छ ।

अस्पतालमा बिरामीको चाप बढी भएका र स्वास्थ्यकर्र्मीको संख्या अस्पतालको दरबन्दीभन्दा कम भएका कारण व्यवस्थापनमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ ।