ताम्राकार कम्प्लेसका तीन सञ्चालकविरुद्ध मुद्दा



काठमाडौं, (नेस) ।

९७ लाखको चेक बाउन्स भएपछि न्युरोडस्थित ताम्राकार कम्प्लेसका तीन सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । आइटेल कम्युनिकेसन प्रालि नामक कम्पनी दर्ता गराएका ताम्राकार कम्प्लेसका सञ्चालक उदयरत्न ताम्राकार, प्रदीपरत्न ताम्राकार, विजयरत्न ताम्राकार र झापाका सागर उप्रेतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा चेक अनादर मुद्दा दायर भएको छ ।

आइटेल कम्युनिकेसन प्रालिको नाममा रहेको मेगा बैंक लिमिटेडबाट विभिन्न मितिमा जारी गरिएको ९७ लाख बराबरको चेक नसाटिएपछि कम्युनिकेसन एन्ड कम्युनिकेसन प्रालिको तर्फबाट कुलप्रसाद अर्यालले जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

लामो समयदेखि दुई कम्पनीबीच इन्टरनेटसम्बन्धी कारोबार गर्दै आएकोमा पछिल्लो समय आइटेल कम्युनिकसेन प्रालिले कम्युनिकेसन एन्ड कम्युनिकेसन प्रालिलाई दिनुपर्ने भुक्तानी दिन आनाकानी गर्ने गरेको र लामो प्रयासपछि चेक दिए पनि नसाटिएपछि बाध्य भएर अदालतको साहारा लिनुपरेको पीडित अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्