न्युज अफ नेपाल, धादिङ ।
खेतमा काम गर्न जाँदै गरेकी पत्निको ०७८ साउन १८ गते कोदालोले हानेर एक पुरुषले हत्या गरेकाछन् ।
बेनिघाटरोराङगाउँपालिका –२ ताल्तीहुरे का ४२ वर्षीया भिममायाँ बिकलाई उनका पति ४५ वर्षीय तिर्थबहादुर बिकले हत्या गरेका हुन् ।
बिहान घरमा दुबै जनाले रक्सी खाएर खेतमा काम गर्न जाँदै गर्दा कोदालो र हसियाले कन्चटमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपि महेन्द्र खड्काले जानकारी दिनुभयो ।
घरमा बस्दा रक्सी खाएपछि एक आपसमा आरोप लगाउँदै झगडा गर्ने गरेको भएपनि कसरी हत्या भयो भन्नेबारे छिमेकीहरुले एकिन गर्न नसकेको बताएका छन् ।
घटनापछि आरोपित तिर्थबहादुर डोरीको पासो लगाइ आत्महत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीलेजानकारी दिएको छ ।
घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै एसपि खड्काले शवको पोष्टमार्टमा लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनु भयो ।
प्रतिक्रिया