कन्सुलर डिनद्वारा पदभार ग्रहण

56
Shares

काठमाडौं, (नेस) ।

नेपालस्थित कन्सुलरको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन) का नवनियुक्त तथा पोल्यान्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।

एचसीसीएन नेपालमा विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरुको संख्या ५३ रहेको छ ।

नेपालस्थित मोरक्कोका लागि महावाणिज्यदूत बसन्त चौधरीको एक वर्षे कार्यकालको समाप्तिस“गै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन हुनुभएको हो ।