मुख तन्काएरै विश्व कीर्तिमान


वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको कनेक्टिकट निवासी एक महिलालाले टिकटकमार्फत अस्वाभाविक तरिकाले मुखका दुई ओठबीच ठूलो अन्तर बनाएकै आधारमा गिनिज वल्र्ड रेकर्डस्को उपाधि हासिल गर्न सफल भएकी छन् । उनी टिकटक स्टारबाट हेर्दाहेर्दै विश्वकै सबैभन्दा ठूलो मुखको प्वाल बनाउन सक्ने महिलामा गनिएकी छन् । आफ्नो मुखको आकार तन्काएर देखाउँदा ३१ वर्षीया सामन्था राम्सडेल पहिले पनि पटक–पटक टिकटकमा भाइरल बनेकी थिइन् ।

गिनिजका निर्णायककर्ता कनेक्टिकको साउथ नोर्भाकस्थित एकजना दन्त चिकित्सकको कार्यालयमा उनीसँगै उनको मुखको प्वालको नाप लिन पुगेका थिए । उनको मुखको प्वालको लम्बाइ २ दशमलव ५६ इन्च रहेको पाइएको छ । उनले भनेकी छन्– ‘मेरो लागि मुख ठूलो पारेर तन्काउने काम सानै भए पनि यसैबाट अन्तर्राष्ट्रिय उपाधि पाउँदा हर्ष र गौरव दुवै लागेको छ । यदि, तपार्इंमध्ये पनि कसैको शरीरको कुनै भाग अन्यहरूको भन्दा फरक वा ठूलो छ भने विश्व कीर्तिमानका लागि प्रयास गर्नुपर्दछ ।’

१७ लाख फलोअर्स भएकी राम्सडेलले चार इन्च लामो मुख तन्काएर पुरुषतर्फ विश्व कीर्तिमान राखेका आइज्याक जाहेन्सनसँग युगल भिडियोहरू पनि बनाइसकेकी छन् ।