सम्मान प्रदान

140
Shares

अभिनेता पवन जोशी बुद्ध शान्तपार्क अनलाइन सम्मानबाट सम्मानित भएका छन्। बुद्ध शान्तपार्क अनलाइनको आयोजनमा भएको विशेष कार्यक्रममा नेपालका अभिनेता जोशीका साथमा पूर्वराज्यमन्त्री रामवीर मानन्धरलाई सम्मान गरिएको हो।

अभिनेता जोशीलाई पाँच दशक लामो समयसम्म अभिनय, निर्देशन तथा गीत लेखन क्षेत्रमा अनवरत योगदान पुर्‍याएबापत कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्। त्यस्तै, पूर्वराज्यमन्त्री रामवीर मानन्धरलाई लगातार गीत गाएर विश्व कीर्तिमान कायम गरेबापत सम्मान प्रदान गरिएको हो। कार्यक्रममा लामो समयदेखि कलाकारितामा क्रियाशील कलाकार रामकृष्ण जुजुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रम आयोजक बुद्ध शान्तपार्क अनलाइनका शान्तबहादुर शाक्यको सभापतित्व तथा सञ्चारकर्मी विराजकाजी राजोपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो।