तीन सचिवको सरुवा, अर्थमा मधु मरासिनी

2.2k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले ३ जना सचिवको सरुवा गरेको छ । गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको हो । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । मरासिनीले अर्थमन्त्रालयमा लामो समय बिताएका थिए । उनी वैदेशिक सहायता सम्बन्धी विज्ञ समेत हुन् ।

सचिव बढुवा हुनुअघि मरासिनी लुम्बिनीमा थिए । उनी लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव पनि थिए । यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए । त्यसअगाडि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थिए ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याललाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको स्रोतले जनाएको छ । स्वास्थ्य सचिवमा केही समय अगाडि प्राविधिक तर्फका डा. रोशन पोखरेललाई बढुवा गरिएको छ । पोखरेलको बढुवा पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव अर्याललाई सरुवा गरिएको हो ।