कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता

868
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु कैलाली जिल्लाका स्थानीय भएको बताइएको छ । उनीहरु कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गर्दा डुंगा दुर्घटनामा परेको बताइएको छ ।

बेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा छन् ।

डुंगामा १० जना यात्रु रहेको बताइएको छ । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् ।