प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुने बारे छलफल

518
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । समसामयिक राजनीतिक विषय र नेता नेपाल समूह पनि सरकारमा सहभागि हुने बारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदले पूर्णता नपाएका बेला भएको उक्त भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न दाहाल उनकै निवास कोटेश्वर पुगेका हुन् ।