गण्डकी प्रदेशमा ईन्टरनेट बिना कक्षा संचालन गर्न मिल्ने एप्स ल्याइदै : मन्त्री श्रेष्ठ

1.1k
Shares

भूपराज बस्याल, काठमाडौ ।

कोभिडका कारण प्रबिधि मैत्री बन्दै गएको नेपाल शिक्षा प्रणालीलाई थप व्यवस्थित गर्न लागिएको गण्डकी प्रदेश सरकारका शिक्षा,सस्कृती,विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताउनु भएको छ । मन्त्री श्रेष्ठले अनलाइनबाट हुने पढाइको लागि बिना ईन्टरनेट चल्ने एप्लिकेसन ल्याउन लागिएको बताउनु भएको हो ।

नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले शुक्रवार काठमाडौमा गरेको नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा संमान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देश बिकासको पहिलो खुड्किला शिक्षा भएको भन्दै शिक्षालाई थप गुणस्तरीय र प्रबिधि मैत्री बनाउन आफू लागि पर्ने बताउनुभयो । कोभिडका कारण नेपालको शिक्षा प्रणाली शहर तिर अनलाइन बन्दै गएको र गाउँमा ईन्टरनेटको अभाव हुँदा अनलाइनमा कक्षा संचालनमा कठिनाइ भएको भन्दै घरमै बसेर अब बिना ईन्टरनेट अनलाइन कक्षा संचालन गर्न सकिने एप्लिकेसनको विकास गर्न लागेको मन्त्री श्रेष्ठको तर्क थियो । विदेशमा यस्तो प्रविधि प्रयोग आइसकेको भएपनि नेपालमा भित्री नसकेको भन्दै आफू मन्त्री भए लगत्तै बिदेशी बिज्ञा बोलाएर यस विषयमा अध्यन गरेको जानकारी दिनुभयो । यो एप्लिकेसनमा मोबाइल मोबाइल र सिम भएपछि अनलाइन कक्षा पढ्न र पढाउन ईन्टरनेटको आवश्यकता नपर्ने उहाँको तर्क थियो ।

संस्थाका सदस्य मिनप्रसाद पौडेलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, पुर्व न्यायाधीश बाबुराम रेग्मी, महासमिति सदस्य माया राना लगायतले बोल्नु भएको थियो । सस्थाका अध्यक्ष देबिलाल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री तथा सस्थाका सस्थापक अध्यक्ष इन्द्र बहादुर गुरुङ प्रमुख अतिथि रहनु भएको थियो ।