८७ जनालाई बारबरा फाउन्डेसनको सम्मान

210
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।

बारबरा फाउन्डेसनले कोरोना संक्रमणका बेला आफू र परिवारको समेत ज्यान जोखिममा पारी मानवीय सेवामा जुट्ने चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, एम्बुलेन्स चालक तथा विभिन्न स्वास्थ्य संस्था गरी ८७ जनालाई सम्मान गरेको छ । निर्वतमान राष्ट्रपति डा.रामवरण यादवले सम्मानित हुनेहरूलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

सम्मानित हुनेमा धुलिखेल अस्पतालका ३ जना स्वास्थ्यकर्मीहरू सामुदायिक विभागका प्रमुख डा.विराज कर्माचार्य, डा.अर्चना श्रेष्ठ, धुलिखेल अस्पतालको आकस्मिक विभागका पारामेडिक्स तथा ट्रमा संयोजक श्रीजेश पराजुली पर्नुुभएको छ । त्यसै गरी व्यवस्थापनतर्फ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा, धुलिखेल अस्पतालका डा.अर्चना श्रेष्ठ, स्टार अस्पताल डा. शैल रूपाखेतीलाई सम्मानित गरिएको थियो ।

त्यसै गरी चिकित्सा विधामा २० जना चिकित्सक, नर्सिङ विधामा २७ जना नर्र्स, व्यवस्थापन तथा सार्वजनिक नीति विधामा १९ जना व्यवस्थापकीय भूमिका खेल्ने चिकित्सक तथा नर्सहरू सम्मानित भएका छन् । त्यस्तै मेडिकल सपोर्ट विधामा ९ जना, स्वास्थ्य सहयोगी कर्मचारी विधामा ५ जना गरी ८० जनालाई नगद तथा सम्मानपत्रले सम्मानित गरिएको फाउन्डेसनका कार्यक्रम संयोजक प्रवास गौतमले बताउनुभयो । उहाँका अनुसार मेडिकल सपोर्ट र स्वास्थ्य सहयोगी कर्मचारी गरी १४ जनालाई एक/एक लाख नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसै गरी संस्थागतरूपमा चितवन जिल्लाको भरतपुर अस्पताल, ललितपुरको पाटन अस्पताल, काठमाडौँको नेपाल प्रहरी अस्पताल, काठमाडांैकै नेपाल एपीएफ अस्पताल, नेपाली सेनाको मृत शरीर व्यवस्थापन समूह, स्वयमसेवी संस्था नेपाल र नेपाल एम्बुलेन्स सेवा गरी ७ वटा संस्थालाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

पुरस्कारको राशी चिकित्सकका लागि २ लाखदेखि २ लाख ५० हजारसम्म, नर्सका लागि १ लाख २५ हजार रहेको थियो । बारबरा फाउन्डेसनका संस्थापक स्वर्गीय बारबरा एडम्स अमेरिकी नागरिक भएता पनि सन् १९६१ देखि नेपालमा बसेर खोजी पत्रकारिता गर्दै आउनुभएको पत्रकार हुनुहुन्थ्यो । उहाँले सन् २०१० मा नेपालमा खोजमूलक पत्रकारिता प्रबद्र्धन गर्न १० लाख रुपियाँको अक्षय कोष राखेर बारबरा फाउन्डेसन खोल्नुभएको हो ।