संसदीय दलको नेतामा यादव

56
Shares

काठमाडौं, (नेस) ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतले चयन हुनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्रराय यादवको समर्थनमा यादव दलको नेता चयन हुनुभएको हो । बैठकमा जसपाका २१ जना संघीय सांसदको उपस्थिति रहेको थियो । निर्वाचन आयोगबाट यादवले पार्टीको आधिकारिता प्राप्त गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुन यावदलाई संसदीय दलको नेताका रूपमा चयन गरेको हो ।

जसपामा शनिबारबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा औचापरिक छलफल शुरु भएको छ ।