काठमाडौंमा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि, ५९९५ सक्रिय संक्रमित

1.2k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडाै‌मा ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा थप ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हाल उपत्यकामा ८६६९ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ५९९५, ललितपुरमा १५४० र भक्तपुरमा ११३४ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालमा ९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।