बारबारा फाउण्डेसनद्वारा ८७ स्वास्थ्यकर्मी तथा संस्थालाई हिरोको संज्ञा दिँदै सम्मान

406
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बारबारा फाउण्डेसनले कोरोना संक्रमणका बेला आफू र परिवारको समेत ज्यान नै जोखिममा पारि मानवीय सेवामा जुट्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, एम्बुलेन्स चालक तथा विभिन्न स्वास्थ्य संस्थाहरु गरि ८७ जनालाई निर्बतमान राष्ट्रपति डा.रामबरण यादवको हातबाट सम्मानीत गरेको छ ।

कोरोना महामारीको बेलामा आफ्नो जिम्मेवारी भन्दा माथी उठेर काम गर्ने हजारौं व्यक्ति हुनुहुन्छ त्यस मध्ये बारबारा फाउण्डेसन कोभिड १९ विशिष्ट सम्मानद्धारा ८० जना प्रतिनिधि पात्रका रुपमा अघि सारेर सम्मान गरियो । साथै ७ वटा अस्पताल तथा संस्थाहरु रहेका छन् ।

स्वास्थ्य सेवाका स्रोत साधन अत्यन्तै न्यून हुँदा हुँदै पनि आफ्नो जिम्मेवारी भन्दा अझ माथि उठेर काम गर्नुहुनेलाई मनोबल उच्च राख्ने उदेश्यले यो सम्मान कार्यक्रमको आयोजना गरिएको हो । जसमा संस्थागत रुपमा चितवन जिल्लाको भरतपुर अस्पताल, ललितपुरको पाटन अस्पताल, काठमाडौको नेपाल प्रहरी अस्पताल,काठमाडौकै नेपाल एपीएफ अस्पताल, नेपाली सेनाको मृत शरिर व्यवस्थापन समूह, स्वयमसेवी संस्था नेपाल र नेपाल एम्बुलेन्स सेवा रहेका छन् ।

त्यसैगरी चिकित्सा बिधामा २० जना डाक्टर्सहरुलाई, नर्सिङ विधामा २७ जना नर्सहरुलाई,व्यवस्थापन तथा सार्वजनिक नीति विधामा १९ जना व्यवस्थापकीय भूमिका खेल्नुहुने डाक्टर तथा नर्सहरु पनि हुनुहुन्छ । त्यस्तै मेडिकल सपोर्ट विधामा ९ जना, स्वास्थ्य सहयोगी कर्मचारी विधामा ५ जना गरि ८० जनालाई नगद तथा सम्मान पत्रद्धारा सम्मानीत गरिएको फाउण्डेसनका कार्यक्रम संयोजक प्रवास गौतमले जानकारी गराउँनुभयो ।

एक करोड नगद पुरस्कार कर कट्टा बाहेक २ लाख देखि २ लाख ५० हजार चिकित्कस, नर्सहरुलाई १ लाख २५ हजार, व्यवस्थापन तर्फ ३ जना डाक्टरहरु भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा, डा.अर्चना श्रेष्ठ धुलिखेल अस्पताल, डा.शैल रुपाखेती स्टार अस्पताललाई नगद सहित सम्मान पत्रद्धारा सम्मा गरिएको थियो । विशेष केही बिधालाई मात्र सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

सम्मानीत हुनुहुनेमा धुलिखेल अस्पतालका ३ जना स्वास्थ्यकर्मीहरुमा सामुदायिक विभागका प्रमुख डा.बिराज कर्माचार्य, डा.अर्चना श्रेष्ठ, धुलिखेल अस्पतालको आकस्मिक विभागका पारामेडिक्स तथा ट्रमा संयोजक श्रीजेश पराजुली सम्मानीत हुनुभएको छ ।
त्यसैगरी मेडिकल सपोर्ट र स्वास्थ्य सहयोगी कर्मचारी गरि १४ जनालाई एक एक लाख नगद पुरस्कार तथा सम्मान पत्रद्धारा सम्मान गरिएको गौतमले जानकारी गराउँनुभयो ।

बारबारा अमेरिकी मुलको नेपाली नागरिक हुनुहुन्छ उहाँले सन् १९६१ देखि नेपालमा बसेर पत्रकारिता गर्दै आउँनुभएको व्यक्ति हुनुहुन्छ । उहाँले उहाँकै नाममा सन् २०१० मा बारबारा फाउण्डेसन खोल्नुभएको हो । उहाँ आफै पत्रकार हुनुभएकाले खोजमूलक पत्रकारितालाई बढावा दिनका लागि १० लाखको कोषनै खडा गर्नुभएको थियो । त्यसबाट उहाँले हरेक बर्ष १ लाख राशीको पुरस्कार दिँदै आउँनुभएको छ ।

फाउण्डेसनले कोभिड प्रोटोकलको पालना गर्दै राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेको थियो । पुरस्कृत व्यक्तिहरुले नै प्रमाणपत्र र चेक हातमा लिएर राष्ट्रपति समक्ष पुगी उहाँले छोएपछि सम्मानी व्यक्तिहरुले नमस्कार गर्दै बाहिरिने व्यवस्था मिलाईएको थियो ।