सिद्धेश्वर योग साधना केन्द्रको आयोजनामा रक्तदान र सम्मान

1.6k
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

कोरोना महामारिसँगै लकडाउनले गर्दा यतिबेला रक्तसंचार केन्द्रहरुमा समेत रगतको अभाव भैरहेका बेला परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल (प्रसुतिगृह) थापाथलीको सहयोगका लागि सिद्धेश्वर योग साधना केन्द्रले कपनमा एक कार्यक्रमको आयोजना गरि रक्तदान सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा प्रसुतिगृह रक्तसंचार केन्द्रका संयोजक पशुराम दाहालको नेतृत्वमा कार्यालय सहयोगी समेत ६ जनाको टोलीले रगत संकलनमा प्राविधिक सहयोग गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको दाहालले नेपाल समाचारपत्रलाई जानकारी गराउँनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री गगन थापाले यस्तो भयावह अवस्थामा पनि सुरक्षा अपनाएर रक्तदान कार्यक्रम सम्पन गरेकोमा खुशी व्यक्त गर्नुभयो । यस्तो कार्यमा सामाजिक दायित्व निर्वाह गर्ने साधना केन्द्रलाई धन्यवाद दिँदै नेपालको योगको भूमिमा सिद्धेश्वरमा आवश्यक योग भवनका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न तयार रहेको बताउँनुभयो ।

साधना केन्द्रका अध्यक्ष कृष्ण कुमार पोखरेलले खोपको कार्यक्रम चलिरहेकाले अझ सोचेजति रक्तदाता सहभागि गराउँन सकिएन । खोप लगाएको २१ दिन पछि मात्र रक्तदान गर्न मिल्ने भएकाले रक्तदाताको संख्या विगतमा भन्दा कम भएको बताउँनुभयो ।


उक्त कार्यक्रमका प्रमुख अतिथि थापाले रक्तदान तथा रगत व्यवस्थापनमा अतुलनिय योगदान पुर्याउँनुहुने प्रसुतिगृहका रक्तसंचार संयोजक दाहाललाई दोसल्ला ओढाई प्रशसा पत्रद्धारा सम्मान गर्नुभएको थियो ।

रक्तदाताहरुलाई फलफुल तथा जुस खुवाउँनका लागि संस्थाका संरक्षक गणेश प्रसाईको नेतृत्वमा, नवराज कोईराला, राजन काफ्लेले २६ हजार आर्थिक सहयोग गर्नुभएको अध्यक्ष पोखरेलले जानकारी गराउँनुभयो ।