तास खेलिरहेका नौ जना पक्राउ

1.4k
Shares

सञ्जय कार्की, रौतहट ।

तास खेल्दै गरेको अवस्थामा रौतहटमा नौ जना पक्राउ परेका छन । शनिबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तास खेल्दै गरेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार निवासी २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय को जय प्रकाश साह, २६ वर्षीयको अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय को मुकेश साह, २७ वर्षीय रोहित जयसवाल, ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय, ४२ वर्षीय उपेन्द्र राउतलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलिले चन्द्रनिगाहपुरको प्रहरी टोलिले चन्द्रनिगाहपुरको अशोका होटलको ३ सय १ नम्बर कोठाबाट पक्राउ गर्दा उनीहरु बट खेलेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान, रातो निलो रंगको सिल प्याक तास बुक थान ८, दुई लाख उन्नासी हजार छ नब्बे बरामद गरेको छ । पक्राउ परेका लाई आबश्यक कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्ली बिक्रम शाहले बताउनु भयो ।