सडक मर्मतमा ५० लाख खर्च, खाल्डा खुल्डी भने जस्ताको तस्तै

532
Shares

सञ्जय कार्की, रौतहट ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाल्डा खुल्डी राजमार्ग मर्मत गरेको केही महिनामानै भत्किने गरेको छ । तीन आर्थीक बर्ष यता मात्रै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मर्मतको नाममा पचास लाख खर्च गरेपनि सडकको दर्जनौ स्थानमा तत्कालै खाल्टाखुल्टी हुने गरेको छ ।

चन्द्रपुर नगरपालिका अन्तर्गत धन्सार बाग्मती सडक खण्डको २७ किलोमिटर सडकको खाल्टाखुल्टी बर्षै पिच्छे मर्मत गरिदै आएपनि केही दिनमानै जस्ताको त्यस्तै हुने गरेको छ । मर्मतको नाममा धनराशी खर्च गरेपनि सडकको दुराबश्था उस्तै रहनाले राजमार्गमा चल्ने सबारी साधनको गतीको सन्तुलन नमिल्दा दुर्घटनाको दरसमेत बढेर गएको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश केशरीका अनुसार मर्मत गरेको खाल्टा खुल्टी भत्कनुमा सडकको भारबहन क्षमता कमजोर रहेको बताउनु भयो । सडक जीर्ण भएकाले जति मर्मत गरेपनि उप्कने गरेको उहाको भनाई रहेको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले आफनो क्षेत्र भित्र रहेको धन्सार बाग्मती सडक खण्डको खाल्टाखुल्टीमा क्रसरको चिप्समा ईमोल्सन अलकत्रा बाट घोलेर खाली पुर्ने मात्र काम भएको छ जस्ले गर्दा केही दिनमानै पुन उप्केर राजमार्गको दर्जनौ स्थानमा खाल्टाखुल्टी हुने गरेको छ । क्रसरको चिप्स लाई ईमोल्सन अलकत्रा घोलेर पुरेको खाल्टोमा राजमार्गमा चल्ने सबारी साधन बाट थिच्ने कार्य भैरहेको छ । चिप्समा ईमोल्सन अलकत्राले खाल्टो पुर्दा माथिबाट रोलर लगाउनु पर्नेमा त्यसो नगरिकनै त्यतीकै छाडिदिने गरेको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाल्टा खुल्टी मर्मत गर्दा परिणाम र मापदण्ड अनुसार नगर्दा चाडै भत्कने गरेको स्थानीय नबराज देबकोटाले बताउनु भयो । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश केशरीले ईमोल्सन बाट मर्मत गरिएको सडक सामान्य बर्षामा समेत उप्कने गरेको स्वीकार गर्नु भयो । तीन आर्थीक बर्ष देखि सडकका खाल्टा खुल्टी पुरेपनि उप्कने गरेको बिषयमा उहा भन्नु हुन्छ पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतीको जिम्मा विश्व बैंकले लिइसकेकाले सडक विस्तारको क्रममा सडकका साथै साना पुल भत्काएर नयाँ बनाउने र ठुला पुल थप्ने योजना रहेको बताउनु हुन्छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मजदुर लगाएर आफै मर्मत गरेको सडक चाडै भत्कनु दुर्भाग्यपुर्ण रहेको स्थानीयको भनाई रहेको छ ।