जन्मौंजन्म नछुट्टिने नाता



विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत जन्मौं जन्म नछुट्टिने नाता सार्वजनिक भएको छ।

सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर र सञ्जय श्रीपालीको एरेन्ज रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैं प्रस्तुत भएका छन्। उनका साथमा नायिका अनु शाहलाई फिचरिङ गरिएको छ। गीतको म्युजिक भिडियोमा एकदमै मन पराएको मान्छे आफूदेखि टाढा भएको विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।

भिडियो डीआर म्युजिक एन्ड क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। डा. उपाध्यायले नेपाली गीत—संगीतमा सर्वाधिक ५१ विधामा विश्व रेकर्ड बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्