कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

84
Shares

दीपेन्द्र शर्मा, सुर्खेत ।

सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् ।

होटल व्यवसायी संघ सुर्खेतले बिहीबार कर्णालीप्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।

कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिनुभयो । ‘विगत दुई वर्षदेखि हामी थला परेका छौं,राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन’–उहाँले भन्नुभयो ।

कोरोना महामारीको यस्तो अवस्थामा खोप पनि दिन कञ्जुस्याईं गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीहरूलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउनुभयो । अध्यक्ष रावतका अनुसार सुर्खेतमा मात्र एक हजार दुई सय ५० होटलहरूमा पाँच हजार कर्मचारीहरू रहेका छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरूलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको रावतले जानकारी दिनुभयो ।

व्यवसायीको मागप्रति सरकार गम्भीर : मन्त्री बुढाक्षेत्री

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।
व्यवसायीको मागपत्र बुभ्mदै मन्त्री बुढाक्षेत्रीले कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकोले प्रदेश सरकारले यसलाई माथि उकास्नेखालका कार्यक्रमहरू ल्याउने जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप होटल व्यवसायीहरूलाई पनि लगाउन मन्त्रालयले पहल गर्नेे बताउनुभयो । ‘अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोहीअनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जेष्ठ नागरिक, सफाईकर्मी र शिक्षकले खोप लगाउने काम भइरहेको छ’– उहाँले भन्न्ुभयो ।

होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीहरू पनि कोरोनाको जोखिम हुने भएकोले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।