बाह्रवर्षे बालकले चोरे ५५ वटा मोबाइल

8k
Shares

बाँके, (नेस) ।

साउन ८ गते राति नेपालगन्जको पुष्पलालचोकस्थित बसपार्क रोडमा मोबाइलको होलसेलर पसलमा चोरी भयो । राति दुई बजेतिर सटर फोरेर ५५ वटा स्मार्ट फोन चोरियो । बीच बजारमा चोरी भएपछि बाँके प्रहरी ठूलो दबाबमा प¥यो । प्रहरीले चारैतिर टोली परिचालन ग¥यो । पुराना र नयाँ चोरको लिस्ट निकालियो ।

अन्ततः मोबाइल पसलमा चोरी गर्ने तीन जनालाई पक्राउ गर्न प्रहरी सफल भयो । चोर समातिँदा प्रहरी नै हैरानीमा प¥यो । तीन जनामध्येमा एक १२ वर्षका बालक थिए । जो सटर फोरेर चोरी गर्दा प्रत्यक्ष संलग्न थिए ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–९ बस्ने २४ वर्षका सुमित शर्मा, वडा नं. १३ का १८ वर्षीय नानु खटिक र १२ वर्षीय बालकलाई ३६ वटा मोबाइलसहित पक्राउ गरेको छ । चोर र मोबाइल सार्वजनिक गर्दै प्रहरीले घटना हुँदा १२ वर्षीय बालक सेन्ट्री बसेको जानकारी दिएको छ । दुई जनाले सटर फोर्दा बालकले मान्छे हेर्ने काम गरेका थिए । मोबाइल लिँदा भने बालकले पाएनन् । उनलाई पछि बेचेपछि पैसा दिने भनिएको थियो ।

बसपार्क रोडमा रहेको पूर्णप्रसाद गौतमको गौतम इलेक्ट्रोनिक्स एन्ड मोबाइल सप्लायर्समा भएको १० लाख बराबरको चोरी भएको थियो । नेपालगन्जमा हुने चोरीका घटनामा बालकको संलग्नता हुने यो पहिलो घटना हो भने । केही महिनाअघि नेपालगन्जको सुर्खेतरोडमा एकैदिन आधा दर्जन बढी सटरमा चोरी हुँदा बालकहरुकै संलग्नता थियो । त्यति बेला पक्राउ परेका व्यक्तिले बालकलाई चोरी कार्यमा सिकाउने गरेको खुलासा गरेका थिए ।

नेपालगन्जमा लागूऔषधको व्यापक कारोबार हुने भएकाले त्यस्ता घटनामा बालकलाई प्रयोग गरेको पाइन्छ । लागूऔषधमा फसेकाहरु चोरीमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ । चोरीका घटनामा पक्राउ परिहाले पनि छुटिहाल्ने भन्दै बालकलाई चोरी कर्ममा लगाउने गरेको पाइएको डीएसपी न्यौपाने बताउनुहुन्छ ।