प्रधानसेनापतिद्वारा हेडक्वार्टरको निरीक्षण

280
Shares

काठमाडौं, (नेस) ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले साउन १ गतेदेखि सञ्चालनमा आएका कमान्ड हेडक्वार्टरहरुको निरीक्षण गर्नुभएको छ । यस क्रममा उहाँले साउन ७ गते पूर्वी कमान्ड हेडक्वार्टर हिले, १० गते मध्य कमान्ड हेडक्वार्टर. पोखरा,. १२ गते उपत्यका कमान्ड हेडक्वार्टर.नारायणहिटी र १४ गते पश्चिम कमान्ड हेडक्वार्टर सुर्खेतको भ्रमण गर्नुभएको छ ।

भ्रमणको दौरान साउन प्रधानसेनापति थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेखसमेत अनावरण गर्नुभएको थियो ।

साथै, उक्त भ्रमणको दौरान उहाँले कमान्ड हेडक्वार्टरहरुमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमान्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वयको व्यवस्था, विद्यमान चुनौती तथा समाधानका उपायहरुसम्बन्धी जानकारी हासिल गर्नुभएको थियो ।