प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

252
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, आजै सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । यसअघि हिजो बिहान बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरिएको थियो ।