भारतको प्रतियोगिताका लागि रोजिनकोे अनलाइन ग्रुमिङ

196
Shares

नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरूप र तरिकाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ ।  यसै सन्दर्भमा फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले भारतमा सञ्चालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् ।

मुनाल इन्टरटेनमेन्ट एन्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको मिस एन्ड मिसेस् हेरिटेज इन्डिया २०२१ का प्रतिस्पर्धीहरूलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगल मिटको माध्यमबाट गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः स्टेज प्रस्तुतीकरण, प्रतियोगितामा सहभागीले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्नेमा उक्त ग्रुमिङ सेसन केन्द्र्रित रहेको थियो।

ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक्रिया अनुसार सबै सहभागीले सो ग्रुमिङ कक्षा निकै फलदायी भएको जनाएका छन्। प्रतियोगिताका सहभागिता प्रणाली अनुसार यो सेसन मानसिक र व्यक्तित्व विकासका दृष्टिकोणले निकै राम्रो रह्यो। अर्की सहभागी गौरी ठोरतका अनुसार यो सेसन अत्यन्त प्रेरणादायी रह्यो। आफूभित्रको सकारात्मक र सशक्त पक्षको खोजी, विकास र प्रयोगका लागि यसले उर्जा प्रदान गरेको उनको भनाइ छ। यो सेसन अन्तक्र्रियात्मक र पथप्रदर्शक रूपमा रहेको तथा सकारात्मकभई प्रतियोगिताबाट प्राप्त गर्न सकिने लाभका बारेमा सूक्ष्मरूपमा सोच्न प्रेरित गरेको भन्ने प्रतिक्रिया अर्की सहभागी प्रियंका सिन्डेले दिएकी छिन् ।

मिस एन्ड मिसेस् हेरिटेज इन्डिया २०२१ प्रतियोगिताका विजेताले भारतलाई प्रतिनिधित्व गर्दै इप्लानेट प्रालिको ब्यानरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पे्रजेन्टस्मा भारतको तर्फबाट सहभागिता जनाउनेछन्।