‘सांसद पद जोगाइपाऊँ’

504
Shares

काठमाडौं, (नेस) ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निष्कासन गरिएका टोपबहादुर रायमाझीलगायतका नेताहरूले आफ्नो सांसद पद कायम राख्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।

नेताहरू रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । नेकपा एमालेमा लागेपछि माओवादीले ती चार जनालाई पार्टीको साधारण सदस्य नै नरहने गरी निष्कासन गरेको थियो ।

पार्टीबाट निष्कासन गरेपछि उनीहरूको सांसद पद स्वतः खारेज भएको थियो । उनीहरूले दायर गरेको रिट निवेदनमा आफूहरू एमाले पार्टीमा नगएको उल्लेख गर्दै आफ्नो सांसद पद कायम राख्न माग गरेका छन् । रिटमा आफूहरू माओवादीमा रहेको प्रमाण निर्वाचन आयोगको अभिलेखबाट थाहा हुने जनाइएको छ ।

रिट निवेदनमा ती नेताहरूले आफूहरूलाई माओवादीको सदस्य कायम गरी प्रतिनिधिसभाको सदस्यको हैसियतमा काम गर्न दिनका लागि परमादेशको आदेश दिन माग गरिएको छ ।