गायक—गायिका सुदीप कुँवर र रचना रिमालद्वारा गाइएको गीत मयूरको भालेले सार्वजनिक भएको छ।
कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ। गायक कुँवरले यसअघि मायाले इसारा, माया जहिले रिसाउनीजस्ता गीत गाइसकेका छन्।
मानकृष्ण महर्जनको छायांकन तथा मिराज अर्याल, योगेन्द्र कार्कीको सम्पादन रहेको म्युजिक भिडियो सुदीप कुँवर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।











प्रतिक्रिया