काठमाडौंमा थप ४७५ जनामा कोरोना संक्रमण पुष्टि

910
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १६७ जना र भक्तपुरमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै काठमाडौं उपत्यकामा ७७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप ३८९९ जना कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।