राजमार्गमा ट्रिपर खस्दा एक जनाको मृत्यु, दुई अचेत

7.5k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

रोशी गाउँपालिका तिनथले बेशी स्थित विपी राजमार्गमा नार्केबाट मंगलटार आउँदै गरेको टिपर आफै अनियन्त्रित भई सडकबाट खस्दा एकजनाको उपचारको क्रममा निधन भएको छ भने चालक सहित अन्य एक युवा अचेत छन् । घाईते दुबैको धुलिखे अस्पतालमा उपचार भईरहेको छ ।

निधन हुनेमा रामेछाप जिल्ला सुनपाती ५ घर भउका यसमणी मगर रहेका छन् । मंगलबार दिउसो रोशी गाउँपालिका ९ तिनथले बेशि स्थीत वि.पि राजमार्गमा नार्केबाट मङगलटार तर्फ आउदै गरेको बा ५ ख ४७०२ नम्वरको आईचर टिफर आफै अनियन्त्रीत भई सडक बाट करिव १० मिटर तल खसि दुर्घटना भएको थियो ।

घाईते हुनेहरुमा रामेछाप सुनपाती ५ का आईचर चालक बर्ष ३६ का कृष्ण बहादुर राना मगर र रोशि गाउँपालिका ९ बस्ने बर्ष २७ का अनिष मगर रहेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो । चालक राना मगरको दाहिने खुट्टामा चोट छ भने अनिष मगरको पेटमा चोट छ । दुबै जना बोल्न सकेका छैनन ।