राष्ट्रियसभामा तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी प्रतिवेदन पेश

0
Shares

काठमाडौं ।

राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष उक्त प्रतिवेदन पेश गरेका छन् ।

यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुएका थिए।

पूर्वसांसद तामाङको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रियसभाले प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पूर्वसांसद तामाङको निधनप्रति राखेको शोक प्रस्ताव सदनले सर्वसम्मतिले पारित गरेको हो ।

संयुक्त जनमोर्चा नेपालबाट विसं २०४८ मा सिरहाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वसांसद तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापास्थित आम्दा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १३ गते बुधबार दिनको १ बजे बस्ने छ ।