शिल्पाद्वारा राज बेकसुर भएको दाबी

1.6k
Shares

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रा वयस्क फिल्म निर्माण गरेर बिक्री वितरण गर्ने गरेको आरोपमा पक्राउ परेपछि रंगीन बलिउडभित्रको कालो सच्चाई एक—एक गरी बाहिर आइरहेको छ।

उनको पक्राउपछि केही मोडलले राज कुन्द्राविरुद्ध नग्न अडिसन दिन भनिएको आरोप लगाउँदै मुद्दा दायर गरिरहेका छन्। यसै क्रममा मुम्बई क्राइम ब्रान्चले उनकी अभिनेत्री पत्नी शिल्पा शेट्टीको बयान लिएको छ।

बयानका क्रममा शिल्पाले कुन्द्राको बचाउ गर्दै उनी बेकसुर भएको दाबी गरेकी छिन्। शिल्पाले अश्लील भिडियो बनाउने र अपलोड गर्ने कार्यमा राजको कुनै पनि भूमिका नभएको र राजले बनाउने गरेको भिडियो वयस्क नभई कामुक किसिमको भएकोले पोर्न भिडियोसँग राजको कुनै लेनदेन नभएको बयान दिएकी छिन्। साथै मिड डेमा प्रकाशित समाचार अनुसार शिल्पाले आफूलाई पतिको पोर्न एप तथा पोर्न फिल्मबारे केही पनि थाहा नभएको र बेलायतमा बस्दै अँएको नातेदारको एपको लागि कामुक भिडियो बनाउने गरेको बताएकी छिन्।

प्रहरीले राजले भिडियोका लागि विभिन्न देशका युवतीलाई अडिसनका लागि बोलाउने र शुरूमा अर्धनग्न भिडियो खिचेपछि नग्न भिडियोका लागि दबाब दिने गरेको र यही कारण कतिपय युवतीले उनको नाममा प्रहरीमा उजुरी दिएका कारण उनको बयान लिएको थियो। बयानपछि उनीसहित ११ जना पक्राउ परेका थिए।

भारतमा पोर्न भिडियो बनाउन र बिक्री गर्न गैरकानुनी भएका कारण साइबर कानुनबाट बच्नका लागि बेलायतमा रहेका आफ्ना नातेदारसँग मिलेर कम्पनी नै दर्ता गरेर पोर्न उद्योगमा सक्रिय रहेको आरोपमा अदालतले उनलाई आज मंगलबारसम्म छानबिनका लागि हिरासतमा राख्न आदेश दिएको थियो। पतिको पक्राउपछि शिल्पा फिल्म शुटिङमा गएकी छैनन् भने फ्यानहरू उनको घर अगाडि पुष्पगुच्छा लिएर हौसला प्रदान गरिरहेका छन् ।