पुष्पलालका सहयोद्धालाई जेसुमको सम्मान

238
Shares

काठमाडौँ, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३औँ स्मृति दिवसका अवसरमा प्रगतिशील स्रष्टाहरूले उहाँका सहयोद्धा ९५ वर्षीय कवि हर्ष स्याङ्बोलाई सम्मान गरी पुष्पलालको स्मरण गरेका छन् । मनोहरा खोला किनारमा अवस्थित स्याङ्बोको निवासमा गई जेसुम अभियानका तर्फबाट स्रष्टाहरूले खादा ओढाएर स्याङ्बोप्रति सम्मान प्रकट गरेका हुन् । स्याङ्बो पुष्पलालका एक मात्र जीवित सहयोद्धा हुन् । पुष्पलालका प्रिय सहयोद्धा कवि स्याङ्बोका दुई कवितासङ्ग्रह प्रकाशित छन् ।

जेसुम अभियानका अभियन्ता अनिता लामा, स्नेह सायमि, सुरेश हाचेकाली, दीपेन्द्र वनेपाली लगायतले कवि स्याङ्बोका एक एकओटा कविता पाठ गरेका थिए । कवि स्याङ्बोले चाहिँ पुष्पलालका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । जेसुम अभियानकी अभियन्ता कवि अनिता लामाले पुष्पलालको स्मृति दिवस मनाइरहँदा लामो समय कमरेड पुष्पलालसँगै आन्दोलनमा होमिएका तर गुमनाम जिन्दगी बिताइरहेका कमरेड पुष्पलालका सहयोद्धा तथा वयोवृद्ध कवि हर्ष स्याङ्बोलाई सम्मान गरी ४३औँ पुष्पलाल स्मृति दिवस मनाएको बताइन् ।