भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै ,यातायात व्यवसायीले निकाले र्‍याली


न्युज अफ नेपाल ,काठमाडौं ।

यातायात व्यवसायीहरुले भाडा समायोजनको माग गर्दै काठमाडौंमा र्‍याली निकालेका छन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा व्यवसायीहरुले आज आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै काठमाडौंका सडकमा र्‍याली निकालेका हुन् ।

कार्यालय समयमा बालाजु, जोरपाटी, कलंकी लगायत विभिन्न स्थानबाट निकालिएको सो र्‍यालीका कारण काठमाडौंका विभिन्न स्थानमा ट्राफिक जाम भएका छन् । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या देखिएको छ ।

व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट लगायतका माग राखेका छन् ।