रोटरी क्लब अफ काठमाडौ हाईटले ग-यो फलफुल वृक्षारोपण



मोतीराम तिमल्सिना, काभ्रे ।

अगस्ट २०२० मा स्थापना भई सामाजिक कार्य प्रती दत्तचित्त लगाई सामाजिक क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको रोटरी क्लब अफ काठमाण्डौ हाईटद्वारा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको फुलबारी अन्तर्गत पर्ने फलाँटे चौरमा एक बिशेष कार्यक्रम बिच ‘रोटरी छहारी’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा फलाँटे चौरको खाली जमिनमा बैस, तरबार फूल, कपूर, चुवा, कोइराल, काफल, जामुन, काब्रो, बर, रिठ्ठो, दर्शनपिपल, आरु, आरुबखडा, चेरीफूल, अमला, कालीज्यामिर, रामतुलसी, मेकाडेमिया नट, टिमुर, चाँप, जस्ताबिभिन्न फलफुल, आयुर्वेदिक, मसला तथा फूलहरुको बोट बिरुवा रोपिएको छ ।

साथै खानेपानीको मुहान सरसफाई पनि गरिएको छ । कार्यक्रम सम्पन्न गरे सँगै क्लबका अध्यक्ष रोटेरियन सचिन अवालेले भने – ‘वन जङ्गलहरुको बिनाशको गती बढे सँगै चराचुरुङ्गी तथा बन्यजन्तुकोहरुको बास एबम आहाराको समेत कमी आएको हुँदा सम्पुर्ण रोटेरियन साथीहरु मिलेर भेला भई बृक्षारोपण गर्न पाउँदा कतै न कतै हामीले पनि पर्यावरण बचाउन टेवा पुर्याइरहेको अनुभूति भएको छ ।’

मानवीय दुश्कार्य र त्यसका प्रभाबले जैबिक बिबिधता र बातावरणमा नकरात्मक असर परीरहेको सन्दर्भमा यसखालको बातावरण मैत्री कार्यक्रम आयोजना गर्न सक्नु पक्कै पनि एक बिशेष उपलब्धी रहेको कार्यक्रम संयोजक रोटेरियन श्रीकृष्ण धितालले बताए । प्राकृतिक बनको नक्कल गर्ने यस किसिमको फलफुल बन अर्थात् फूड फरेस्टले पर्यावरण प्रवद्र्धनमा धेरै महत्व राख्ने, बोटबिरुवा एक–अर्काको पूरक हुने, ठाउँ र सुक्ष्म जलवायुको फाईदा लिने, जैबिक विविधता बढाउने र स्वस्थ माटो र बोट बिरुवाहरूको सुनिश्चितता गर्छन् ।

यो सुन्दर देखिन्छ । र यसको अंश मानव तथा बन्यजन्तु, चराचुरुंगीलाई खाना प्रदान गर्ने हो भन्ने बारे पनि संस्कृति फार्म्सका कार्यकारी निर्देशक तथा रोटरियन धितालले बताए । सन २०२० मा रोटरी इन्टरनेशनलले वातावरणलाई सहयोगलाई आफ्नो नयाँ कार्य क्षेत्र घोषणा गरेसँगै यस बिधामा बिश्वभरी छरिएको रोटरी क्लबहरुले आफ्ना कार्यक्रम गरीरहेको रोटरी क्लबका संस्थापक अध्यक्ष रोटेरियन समिर नेपालले जानकारी दिए ।

फुलबारी क्षेत्रका स्थानियहरुको सामुहिक सहयोग र उपस्थितीमा गरिएको कार्यक्रमले किसानहरु बर्षेनी चराचुरुङ्गीबाट आफ्ना अन्नपातमा हुने सामुहिक हस्तक्षेप रोक्न ठुलो कोशेढुङ्गा साबित हुने कुरा कार्यक्राममा उपस्थित स्थानियहरुको भनाई थियो । कार्यक्रम सम्पन्न गरेता पनि यसको रेखदेख सार्है्र महत्वपुर्ण रहने हुँदा यसको सम्पूर्ण जिम्मा ‘संस्कृती फार्म्स एण्ड रिसर्च सेन्टर’ तथा फुलबारीका स्थानियले जिम्मेवारी लिने निर्णय सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्