न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौंको चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका(५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका(१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।
बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त छाला फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया