दोस्रो भेरियन्ट संक्रमणबाट वृद्धाको मृत्यु


लक्ज्वेम्वर्ग, (एजेन्सी)

स्वास्थ विशेषज्ञहरुले अब कुनै पनि स्वस्थ व्यक्तिलाई एकै पटक दुई प्रकारको कोभिड १९ ले आक्रमण गर्न सक्ने खतरनाक तथ्य पनि प्रमाणित भइसकेको दावी गरेका छन् । पहिलो पटक संयुक्त अधिराज्य र दक्षिण अफ्रिकामा देखा परेका कोभिड भेरियन्ट क्रमशः अल्फा र विटाको दोहोरो संक्रमणको कारण एक नब्बे वर्षिया वृद्धाको मृत्यु भएपछि विशेषज्ञहरुले मानव जगतलाई नयाँ चेतावनी दिएका हुन् ।

खोप नलगाएका तथा नाम नखुलाइएका ति वृद्धाको सन् २०२१ को मार्चमा बेल्जियममा मृत्यु भएको हो । उनका डाक्टरहरुका अनुसार उनलाई कुनै फरक दुई व्यक्तिबाट कोरोना भाइरस संक्रमण भएको हो । तिनीहरुका अनुसार यस्तो घटना घटेको सार्वजनिक भएको पहिलो पटक हो । यद्यपि यसरी संक्रमण हुने गरेको खवर अन्यत्र पनि सुन्नमा आइरहेको छ । यि वृद्धामाथि घटेको घटनाबारे यस वर्षको चिकित्सकिय माइक्रोवायोलोजी तथा संक्रामक रोगहरु माथिको युरोपेली बैठकमा व्यापक छलफल भइरहेको छ ।

सन् २०२१ को जनवरीमा पनि ब्राजिलका बैज्ञानिकहरुले दुईजना व्यक्ति एकैपटक दुई किसिमको कोरोना भाइरसबाट संक्रमित रहेको जनाएका थिए । तिनीहरुलाई संक्रमिति भएको भाइरस मध्ये एउटा गामा भेरियन्ट भएको पनि बताइएको थियो । पोर्चुगलका अनुसन्धानकर्ताहरुले पनि हालै एकजना किशारको कोरोना भाइरसको सफल उपचार गरेको तर उनी अझै अर्कै भाइरसको पनि संक्रमित रहेकाले उपचार जारी रहेको बताएका छन् ।

ती वृद्धाको घटनाबारे भइरहेको अनुसन्धानको नेतृत्व गरिरहेका बेल्जियमको आलस्टस्थित ओएलभी अस्पतालका डाक्टर एन्ने भ्यान्किवर्घेनले अहिले यि सबै भेरियन्ट बेल्जियममा सक्रिय र रहेका र वृद्धा कसरी संक्रमित भए भन्ने थाहा हुन नसकेको बताएकी छन् । काेरोना भाइरस महामारीको कारण अहिले सम्म सबैभन्दा बढि अमेसरकी जनताले ज्यान गुमाएका छन् । विश्वका कतिपय मुलुकमा कोरोनाको दोश्रो चरणको महामारीले विनाशलिला मच्चाइसेको छ भने केही मुलुक अहिले तेश्रो लहरको चपेटा कसरी सामना गर्ने भन्ने बारे चिन्तामा डुबेका छन् ।